टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ


काठमाडौँ । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । विहीबार राती उनलाई काठमाडौँ प्रहरी परिसरको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोप छ । सोही आरोपमा उनीमाथि प्रहरीमा निवेदन परेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले ज्याप सर्भिसेस प्रालिलाई टुटल बिक्री गरेका थिए भने अहिले टुटल बाई ज्यापको नामबाट सञ्चालनमा रहेको छ ।

Skip This