कृषि यान्त्रीकरण मेलाको दोस्रो दिन अवलोकनकर्ताको चाप बढ्दो (फाेटाेफिचर)


काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को आयोजनामा हिजो (शुक्रवार) देखि सुरू भएको कृषि यान्त्रीकरण मेलाको दोस्रो दिन अवलोकनकर्ताको चाप देखिएकाे छ ।

कृषि यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ मुल नाराकासाथ आयाेजना भएकाे तीन दिने प्रदर्शनीको आयोजकमा संघसमेत गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र हरिहरभवन रहेका छन्।

पोखरा नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा भएकाे मेला भोलि (आइतवार)सम्म चल्नेछ ।

प्रर्दशनीको अनुमानित लागत ४० लाख रहेकाे आयोजकले जनाएका छन्। ४० जिल्लाका करिव तीस हजार सहभागी हुने अनुमान संघको छ।

प्रर्दशनीमा १० भन्दा बढी मुलुकका एक हजार भन्दा बढी प्रकारका कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिहरू रहेका छन् । अनुमानित कारोबार ५ करोड भन्दा माथि हुने अनुमान गरिएको छ।

संघको आयोजनामा यसअघि पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७० चितवन, दोस्रो राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी, २०७२ कोहलपुर बाँके, नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो २०१७, भृकुटीमण्डप, काठमाडौँ, तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६, चितवन, सलोम पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८ सम्पन्न गरिसकेको छ।

प्रदर्शनीको गोल्ड स्पोन्सर एसकेटी नेपाल प्रा.लि.तथा सिल्भर स्पोन्सरमा जी सेभेन एग्रिकल्चर, मुक्तिनाथ विकास बैंक र कृषि विकास बैंक लिमिटेड रहेका छन्।