पक्राउ परेका तपस्वी बम्जन प्रहरीद्धारा सार्वजनिक, ३ करोड भन्दा बढी रकम बरामद


काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तपस्वी रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । हिजो पक्राउ परेका बम्जनलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

उनलाई बुढानिलकण्ठ नगरपालिका ६ टन गाउँमा रहेको घरबाट प्रहरीले पक्राउ गरेको थियो । बम्जनलाई आफ्नो आश्रममा बाल यौन शोषण गरेको तथा केहीलाई बेपत्ता पारेको उजुरी परेको थियो ।

उनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते पक्राउ गर्न अनुमति दिएको थियो । बम्जन फरार थिए ।

प्रहरीले पटक पटक प्रयास गरे पनि पक्राउ गर्न सकेको थिएन । उनीलाई मंगलबार बेलुकी सवा ५ बजे पक्राउ गरेको थियो । उनीले आफूलाई लिटिल बुद्ध भन्ने र तपस्वीका रुपमा चिनाउने गरेका थिए ।

बम्जनको साथबाट नेपाली तीन करोड तीन लाख ५० लाख ७५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ भने विभिन्न १७ देशका ३० लाख ९२ हजार ४ सय ६ नेपाली रुपैयाँ बराबरको रकम बरामद गरेको छ ।

बम्जनले ५ करोड रुपैयाँको गाडि खरिद गर्ने तयारी गरेको समेत खुलेको छ ।

उनले युनाइटेड ट्रेडस सिण्डिकेट प्रा.लि.को शोरुपममा ५ करोड रुपैयाँमा गाडी बुक गरेको र ३ करोड नगदै भुक्तानी गरेको खलेको छ । प्रहरीले विभिन्न सामान समेत खरिद गरेको छ ।