२७ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह


काठमाडौं । पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई रु.६१३ अर्ब २५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो।

त्यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १७३,५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १०४,०३७ रहेको राष्ट्रबैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २३६,७७९ र ११५,९४८ रहेको थियो।

राष्ट्रबैंकका अन्सार समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई रु.६६९ अर्ब ७४ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो।