बिगमार्टले ल्यायो जाडो मौसमको लागि ‘बिगमार्ट कार उपहार’ उत्सव


काठमाडाैँ । बिगमार्टले यस वर्षको जाडो मौसमलाई मध्यनजर गर्दै ‘बिगमार्ट कार उपहार’ उत्सव ल्याएको छ । बिगमार्टले यस वर्षको जाडो मौसम उत्सव अन्तर्गत माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरूको व्यवस्था गरेको छ ।

कम्पनीले बम्पर पुरस्कार अन्तर्गत भाग्यशाली एक जना ग्राहकलाई टाटा टियागो कार, एक जाना भाग्यशाली ग्राहकलाई एउटा यमाहा रे-जेड स्कुटर, भाग्यशाली पाँच जना ग्राहकहरूलाई ५ वटा स्मार्टफोन, १० भाग्यशाली ग्राहकहरूलाई जनही पाँच हजार रूपैयाँ बराबरको किनमेल भौचर प्रदान गर्ने जनाएकाे छ ।

साथै ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डमार्फत् बिल भुक्तानी गर्दा १० प्रतिशत (३०० रूपैयाँसम्म), एनसिएचएल नेपाल पे क्युआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत (१०० रूपैयाँ) र हरेक शनिबार र बुधबार फलफूल तथा तरकारीको खरिदमा स्मार्ट क्युआरमार्फत् बिल भुक्तानी गर्दा १५ प्रतिशत (१५० रूपैयाँ) सम्म तत्काल छुट प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले देशभरका बिगमार्टबाट ७५० रुपैयाँ भन्दा बढी सामान खरिदमा लक्की ड्रममा समावेश गराउने कम्पनीले जनाएको छ । बिगमार्टका देशभरका ८१ वटा स्टोरबाट ग्राहकहरुले सामान खरिद गर्न सक्ने छन् ।