आरएसडिसी लघुवित्तको नाफा घट्यो


काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । लघुवित्तले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आरएसडिसी लघुवित्तको नाफा १२.७३ प्रतिशतले घटेको हो ।

लघुवित्तले यो अवधिमा ६ करोड ९३ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७९ ८० को यहि अवधिमा लघुवित्तले ७ करोड ९४ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी १७.३२ प्रतिशतले घटेको छ । यो अवधिमा लघुवित्तले १२ करोड २० लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको जगेडा कोषमा १२ करोड १० लाख ८७ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ ८० को दोस्रो त्रैमासमा ०.८१ प्रतिशत रहेको खराब कर्जा अहिले बढेर १.८२ प्रतिशत रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी १५.९४ रुपैयाँ रहँदा प्रति शेयर नेटवर्थ १३१.०१ रुपैयाँ रहेको छ ।