पाकिस्तान र इरानबिच तनाव चुलिदो


काठमाडाैँ । पाकिस्तान र इरानबिच तनाव चुलिएको छ । इरानले गरेको आक्रमणको दुई दिनपछि पाकिस्तनले जावाफी क्षेप्यास्त्र प्रहार गरेको छ ।

पाकिस्तानले आफ्नो तर्फबाट क्षेप्यास्त्र प्रहार भएको पुष्टि गर्दै इरानको सीमावर्ती सीमावर्ती सिस्तान–ओ–बलुचिस्तान प्रान्तमा ‘आतङ्कवादी लुकाउने ठाउँहरू“ मा आक्रमण गरको दाबी गरेको छ ।

इरानी सञ्चारमाध्यमहरूले पाकिस्तानको क्षेप्यास्त्र प्रहारबाट तीन महिला र चार बालबालिकाको मृत्यु भएको उल्लेख गरेका छन् ।

इरानको क्षेप्यास्त्र प्रहारपछि पाकिस्तान आक्रोशित भएको हो । इरानले तेहरानले आतङ्कवादी समूहहरूलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ ।

दुवै देशले लामो समयदेखि एकअर्कालाई आ–आफ्नो साझा सीमावर्ती क्षेत्रबाट आक्रमण गर्ने आतङ्ककारी समूहहरूलाई शरण दिएको आरोप लगाउँदै आएका छन् । पाकिस्तानले इरानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता लाई पूर्ण रूपमा सम्मान गरे पनि बिहिवारको कारवाही भने सबै खतराहरू विरुद्ध आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्ने आफ्नो अटल संकल्पको अभिव्यक्ति भएको बताएको छ ।

पाकिस्तानले मङ्गलबार भएको इरानको हमलाको कडा निन्दा गरेको थियो । पाकिस्तानले तेहरानलाई ‘गैरकानूनी’ कार्यको लागि ‘गम्भीर परिणाम’ को चेतावनी दिएको थियो ।

यससँगै इरानका राजदूतलाई देश फर्कन प्रतिबन्ध लगाएको थियो भने पाकिस्तानबाट आफ्नै राजदूतलाई पनि फिर्ता गरेको थियो । यसलगत्तै पाकिस्तानले इरानको सीमावर्ती सहरमा क्षेप्यास्त्र प्रहार गरेको हो ।

इरानले भने आफ्नो आक्रमण केवल आतंकवादी समूहमाथि मात्रै लक्षित भएको दाबी गर्दै आएको छ ।

यस हप्ताको सुरुमा इरानले इराक र सिरियामा पनि आक्रमण गरेको थियो ।

मध्य पूर्वमा तनाव बढीरहेका बेला यी आक्रमणहरू देखिएका छन् ।

गाजामा इजरायल र प्यालेस्टाइनीको हमास समूहबिच युद्ध चलिरहेको छ भने लाल सागरमा जहाजहरूमा यमनको इरान समर्थित हुथी समूहले आक्रमणहरू गरेपछि तनाव बढ्दो छ ।

यो तनावका बिच दक्षिण एसियाली मुलुक पाकिस्तानको समेत इरानसँग सम्बन्धमा तनाव देखिएको छ ।