अयोध्यामा बनेको राम मन्दिरको आज प्राण प्रतिष्ठा


काठमाडौं । भारतको अयोध्यामा निर्माण भएको विशाल राम मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ ।

समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू अयोध्यामा पुग्ने तयारी छ। यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश-नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल छन्।

रामको मूर्तिको प्राण-प्रतिष्ठाको ऐतिहासिक अनुष्ठान दिउँसो १२ः२० बजे प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ, सन्त समाज र भीभीआईपी व्यक्तिहरूको उपस्थितिमा हुनेछ।

सोमवार भारतको अयोध्यास्थित राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा नेपालका केहि पालिकाले सार्वजनिक बिदा दिएका छन् । साथै उक्त दिन पशुपंक्षीको वध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको छ ।