टाटा मोटर्सले फेब्रुअरीबाट यात्रुवाहक सवारी साधनको मूल्य बढाउने


काठमाडौँ । सवारी साधन निर्माता टाटा मोटर्सले विद्युतीय सवारीसाधन सहित आफ्ना यात्रुवाहक सवारी साधनको मूल्य ०.७ प्रतिशतले बढाउने घोषणा गरेको छ ।

आयात लागतमा भएको बृद्धिलाई आंशिक रूपमा न्यूनीकरण गर्नका लागि यो मूल्यवृद्धि आउँदो फेब्रुअरी १ देखि सबै यात्रुवाहक सवारीमा लागू हुने कम्पनीले जनाएको छ । कम्पनीको विज्ञप्तिमा भनिएको छ, “यो बृद्धि फेब्रुअरी १ देखि लागू हुनेछ र आयात लागतमा भएको वृद्धिलाई आंशिक रूपमा घटाउन यो निर्णय गरिएको हो।”

जनवरी १ देखि टाटाको कमर्सियल गाडी पनि महँगो भएको छ । एक महिना अघि डिसेम्बर १० मा टाटा मोटर्सले आफ्ना सबै कमर्शियल गाडीको मूल्य ३ प्रतिशतले बढाउने घोषणा गरेको थियो । बढेको मूल्य जनवरी १ देखि लागू गरेकाे कम्पनीले जनाएको छ ।

यसअघि मारुतीले पनि जनवरी १६ देखि आफ्ना सबै मोडलका कारको मूल्य ०.४५ प्रतिशतले बढाएको थियो । यसबाहेक महिन्द्राले थार, स्कोर्पियो एन, स्कोर्पियो क्लासिक र एक्सयूभी ७०० को मूल्य पनि बढाएको छ । यद्यपि महिन्द्राले एक्सयूभी ७००का केही भेरियन्टको मूल्य भने घटाएको थियो।