मुनाफा सञ्चित गर्दै प्रभु बैंक


काठमाडौं । प्रभु बैंकले सेयरधनिलाई लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९–८०को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिई सञ्चित गर्ने निर्णय गरेको हो ।

कम्पनीको गत माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।

समितिको बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ ।

कम्पनीले अघिल्लो आवमा २०७८–०७९ को नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभांश दिएको थियो ।