प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिन्छ : कृषिमन्त्री भुसाल


काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन् ।

शुक्रवार आजदेखि सुरु भएको तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताए।

मन्त्री भुसालले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको बताए ।

उनले भने उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च पर्छ, कृषिमा अबका दिन यान्त्रीकरणको महत्व बढ्दै गइरहेको बताए।

उनले भने, ‘कृषिमा प्रगति हुने नै प्रविधिको विकासमार्फत हो । आजसम्मको हामीले ढुंगे युगदेखि अहिले आएर जुन खालका अटोमेटिक मेसिनहरुको प्रयोग भएको छ, यो इतिहासलाई हेर्दा यही देखिन्छ । प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ । हामीले कृषि उत्पादनमा वृद्धि गर्नु नै पर्नेछ । अत्यन्तै मेहनताका साथ हामी त्यो गर्न चाहन्छाँै ।’

एउत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने हुनाले लागत खर्च घटाउका निम्ति यान्त्रीकरणको ठूलो महत्व रहेको बताए ।

आधुनिक प्रविधिको ठुलो महत्व हुनाले यो प्रदर्शनीले कृषि क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानहरु ठगिने कुरालाई रोक्न जरुरी रहेको बताए । उनले व्यवसायीहरुको अस्वस्थ प्रतिष्पर्धाका कारण किसानहरु ठगिने हुँदा कृषि यान्त्रीकरणलाई इमान्दार रुपमा कृषकसमक्ष पु¥याउन जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले किसानहरु पनि ठगिने अवस्था आइरहेको हामीले देखिरहेका छौँ । अहिले हाम्रो अस्वस्थ प्रतिष्पर्धा भइरहको छ । इम्पोर्ट र डेलिभरी गर्ने र किसानलाई कतिपय ठाउँमा भिडाउने, कतिपय ठाउँमा हाम्रै सरकारी संयन्त्रहरुमार्फत गरेका कुरामा पनि ओभरसाइड एजेन्सीहरुले त्यसमा कैफियतहरु देखाएर कतिपय हाम्रो साथीहरुलाई पनि अफ्ठ्यारो परिरहेको अवस्था छ ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गते आईतवारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहेका छन् । विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल मेला रहेको छ ।

प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।