राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त


काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकरलाई योजना आयोगको सदस्य नियुक्त गरेको हो ।

सञ्चारमन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद्ले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ ।

बैठकले वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई र नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. सहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री शर्माले बताइन् ।