काठमाडौँ । जिहो ब्रान्डका दुई पाङ्ग्रे इभी स्कुटर टेष्ट ड्राइभ गरेर जानकारी लिन सकिने भएको छ ।
युवायुवतीबिच लोकप्रिय रहेको जिहो ब्रान्डका स्कुटरको टेष्ट ड्राइभ गरेर यसका विशेषताबारे जानकारी लिन सकिने भएको हो । नेपालमा रिलाइन्स ग्रुपअन्तर्गत रिसि ट्रेड सेन्टरले यो ब्राण्डका स्कुटर बिक्री गर्दै आएको छ ।
कम्पनीले नेपाली बजारमा जीहोको एई८ मोडल मार्फत आफ्नो बजार विस्तार गरेको थियो ।
साथै उक्त कम्पनी नेपालको लागि सीएफ मोटोको समेत आधिकारिक वितरक पनि हो । जीहो एई८ मोडल नेपालको भूगोलको लागि सुहाउँदो, उच्चस्तरीय प्रविधि तथा आधुनिक विशेषताले भरिपूर्ण रहेको कम्पनीको दाबी छ ।
जीहो एई८ मा ५ किलोवाटको जेड कोर मिड ड्राइभ लिक्विड–कूलिङ मोटरद्वारा सञ्चालित छ ।
यसले १२.५ किलोवाटको पावर र २१८ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । यसले १०० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनको दाबी छ । सो बाइकले २.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिने पनि दाबी गरिएको छ ।
उक्त स्कुटरको पावर बजारमा उपलब्ध २५० सीसी बराबरको पेट्रोल बाइकसँग गर्न सकिन्छ ।
४ घण्टामा फूल चार्ज तथा २ घण्टामा ७० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा पोर्टेबल लिथियम आयन ब्लेड कम्प्याक्ट ब्याट्री दिइएको छ, जुन नेपालमै यस ब्राण्डको एई८मा मात्र उपलब्ध रहेको छ । सो ब्याट्री बढी तातिएर कुनै भौतिक हानी नहुने कम्पनीको दाबी छ ।
कम्पनीले जीहो कै अर्काे अर्बान मोविलिटीको निर्मित आफ्नो एई६ प्लस मोडल नेपाली बजारमा ल्याएको छ । व्यस्त जीवन र महँगीएको आजको समयमा यात्राको उही मजा लिई नयाँ प्रविधिमा ग्राहकलाई उच्चतम प्रतिफल दिने उद्देश्यले जीहोले आफ्नो उक्त मोडल नेपाली बजारमा प्रस्तुत गरेको देखिन्छ ।
जीहो एई६ प्लसमा २.५ किलोवाट साइड माउन्टेड मोटरद्वारा संचालित छ । यसले ५.५ किलोवाटको अधिकतम पावर र १६० एनएमको टर्क उत्पनन गर्छ । यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ । सो बाइक ४.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिन्छ । सो बाइक फुल चार्जमा ७० देखि ९० किलोमिटर रेन्ज प्रदान गर्छ ।
एई६ प्लसको ह्विलवेस १२६० एमएम, सिटहाइट ७३५ एमएम, ग्राउण्ड क्लियरेन्स १३० एमएम, ह्विल पावर १६० एनएम र बाइकको तौल ९६ किलोग्राम रहेको छ ।
कम्पनीले एक्सचेन्जको साथसाथै फाइनान्स सहजताको लागि माछापुच्छ्रे बैँकसँग सहकार्य गरेको छ । उक्त मोडलको नक्सालस्थित सिएफ मोटोको शोरुम टेस्ट राइड गरी अझ बढी जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्