जनवरीमा ७९ हजार १ सय पर्यटक नेपाल भित्रिए


काठमाडौँ । जनवरी २०२४ मा नेपालमा ७९ हजार १०० पर्यटक नेपाल भित्रिएका छन् । यो २०२३ को जनवरीको तुलनामा ४३.६ प्रतिशतले बढी हो । जनवरी २०२३ मा ५५ हजार ७४ पर्यटक नेपाल भित्रिएका थिए । यो अवधिमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन् ।

भारतबाट २४ हजार १३९ पर्यटक नेपाल भित्रिएका हुन् । कोभिडपछि नेपालमा पर्यटक भित्रिने संख्या बढ्दै गइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट नेपालमा ७ हजार ४७ पर्यटक नेपाल भित्रिएका छन् ।

युरोपियन मुलुकबाट नेपालमा ९ हजार ४२०, सार्क राष्ट्रहरुबाट ३० हजार ८२० पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।