हिमालयन रि–इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० का लागि हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैठकले उक्त लाभांश मध्ये ४ प्रतिशत बोनश र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् ।