कृषि विकास बैंकले लाभांश नदिने


काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफा सञ्चित गर्ने निर्णय गर्दै सेयर धनिलाई निराश बनाएको हो ।

बैंकको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९–८० का लागि कुनै पनि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७र७८ का लागि भने २१.०५२६ प्रतिशत लाभांश प्रदान गरेको थियो ।