सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा बढ्यो


काठमाडौँ। सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा २० करोड ८ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा आर्थिक वर्ष २०७९ ८० को दोस्रो त्रैमासको तुलनामा १५.९७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क ७९ करोड ५९ लाख ३९ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७६ करोड ३० लाख १० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी दिएको छ ।

कम्पनीले कमिसन मार्फत २१ करोड ८१ लाख रुपैयाँ, लगानी तथा कर्जाबाट भने २० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी १ अर्ब २३ करोड ९४ लाख ४६ हजार रुपैयाँ रहेको छ भने कुल खर्च ९५ करोड २५ लाख २६ हजार रुपैयाँ छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३२.४५ रुपैयाँ रहेको छ ।