काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा १८ करोड ३७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको तुलनामा ५१.०८ प्रतिशतले बढि खुद नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा १२ करोड १६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क ५१ करोड २३ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७.५३ प्रतिशतले बढि हो ।
कम्पनीले कमिसन मार्फत १९ करोड ७ लाख, लगानी तथा कर्जाबाट १९ करोड ६१ लाख आम्दानी गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको कुल आम्दानी ९० करोड १ लाख रुपैयाँ छ भने कुल खर्च ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको दाबी भुक्तानी ७५ करोड ८१ लाख रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.१३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६७.५५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्