मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको आरोपमा तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ । मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको आरोपमा नेपाल सरकारका तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरेको हो । पूर्वसचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहित १८ जना विरुद्ध मुद्दा दायर भएको छ ।

यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ । तामाङ अहिले अध्यागमन विभागका महानिर्देशक छन् ।

पूर्ण विवरण