सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको प्रतितोला २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।