काठमाडौँ । चालू आर्थिक वर्षको ७ महिनामा नेपालले ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले आयात कम भएको हो । गत आर्थिक वर्षको पहिलो ७ महिनामा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख ४८ हजार रुपैयाँ बराबरको आयात गरेको थियो ।
निर्यात भने ७.७ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको ७ महिनामा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ९३ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
चालू आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालको कुल व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रुपैयाँ बराबर रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख ९ हजार रुपैयाँ बराबर रहेको थियो ।
नेपालको कुल वैदेशिक व्यापार २ं७५ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ बराबर रहेको छ । गत आर्थिक वर्षको यहि अवधिमा नेपालको कुल वैदेशिक व्यापार १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख ८६ हजार रुपैयाँ बराबर रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्