किसानको समस्यालाई नजरअन्दाज नगर्न रवि लामिछानेको चेतावनी


काठमाडौं । देशभरका किसानको समस्यालाई नजरअन्दाज नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले किसानले सरकार ढाल्न सक्ने ल्याकत राख्ने भएकाले किसानको मागलाई नजरअन्दाज नगर्न चेतावनी दिएका हुन् ।

लामिछानेले आफ्नो निर्वाचन क्षेत्र र देशैभरका दूध उत्पादक किसान समस्यामा रहेको भन्दै संसदमा आपत्ति जनाएका हुन्।

‘उनले भने मेरो निर्वाचन क्षेत्र र देशैभरिका दूध किसान र मह किसान मारमा परेका छन्, अर्कोतिर पाउडर दूध र विदेशबाट आयातीत महले स्थान पाएका छन्, किसानको आन्दोलनलाई नजरअन्दाज गर्‍यो भने किसानले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्, होसियार हुनुहोला।’

लामिछानेले भूमिहीन किसानहरूलाई भुमि दिइन्छ भन्ने आश्वासन दिएर चुनावी फण्डा बनाइएको भन्दै भूमि आयोग र सुकुम्बासी आयोगले विषेश ध्यान दिन आग्रह गरे ।