सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार बिहिबार तोलाको एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २४ हजार ४०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।