काठमाडौँ । नेपालका लागि सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरुम सञ्चालनमा ल्याएको छ ।
सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार आयोजित एक समारोहबीच नयाँ शोरुमको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सेरेसका प्रतिनिधि जुन सी र यी पांग लगायत अटोमोबाइल क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
नयाँ सोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने प्रतिवद्धता कम्पनीले गरेको छ ।
कार्यक्रममा एमएडब्लु वृद्धि सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडियो पनि देखाइएको थियो । सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी भएको कम्पनीले बताएको छ ।
ग्राहक अनुभवलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो शोरुममा विशाल एलईडी डिस्प्ले, सेरेसका पछिल्ला ईभी मोडेल र परामर्श तथा टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुने कम्पनीको भनाइ छ ।
सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ ।
निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, , चितवन र भक्तपुरमा पनि शोरुम सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्