महाशिवरात्रीः चिटिक्कै डोलेश्वर, मख्ख दर्शनार्थी (फोटो फिचर)


महाशिवरात्रीको दिन बिहानैदेखि भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुुइँचो बढेको छ । मन्दिरमा नजिकका भक्तजनदेखि मित्र राष्ट्र भारतबाटसमेत दर्शनार्थी आएका छन् । मन्दिर व्यवस्थापन समितिले दर्शनार्थीलाई पंक्तिमा मिलाएर व्यवस्थित गरेका कारण ठेलमठेल भने देखिएन । दर्शनार्थीहरु हर्षित मुद्रामा दर्शन गरिरहेका छन्। मुख्य मन्दिर र परिचर चिटिक्क पारेर सजाइएको छ। चन्दन, पञ्चामृत र टिका व्यवस्थित रुपमा वितरण गरिएको छ । मन्दिर बाहिर मारवाडी सेवा समाजले निशुल्क प्रसादको व्यवस्था गरेको छ। डोलेश्वरमा साउन महिनाभर विशेष घुइँचो रहन्छ भने शिवरात्रि डोलेश्वर पुग्ने अर्को ठुलो पर्वको रुपमा हिन्दुधर्मावलम्बीले लिने गरेका छन् ।

शब्द/तस्बिर: टक्सार