‘नेपाल चेम्बर एक्स्पो २०२४’ को दोस्रो दिन,अवलोकनकर्ताको बाक्लो उपस्थिति (फाेटाेफिचर)


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा हिजो (विहिवार) देखि सुरू भएको ‘नेपाल चेम्बर एक्स्पो २०२४’ मा आज (शुक्रवार) स्वदेशी तथा विदेशी अवलाेकनकर्ताहरूकाे बाक्लाे उपस्थिती रहेकाे छ।

काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुरू भएको चेम्बर एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, फर्निसिङका सामान, घरायसी उपकरण, कपडा, मोबाइल, जलविद्युत्, हस्तकला, छाला तथा जुत्ता, कस्मेटिक सामान, जडीबुटी, आयुर्वेद तथा विभिन्न रैथाने खाद्यान्न बिक्रीका लागि राखिएका छन् ।

मेलामा आज चाइन हस्पिटलका अध्यक्ष इफन्ग, चाइनिज शिक्षक, व्यापारीदेखि अन्य विभिन्न देशका व्यक्तिहरूको उपस्थित रहेको थियाे ।

बङ्गलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउने प्रदर्शनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन्।

मेलाको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरेका थिए ।