भृकुटीमण्डपमा २५ औँ फ्लोरा एक्स्पो सुरू (फोटो फिचर)


काठमाडाैँ । राजधानीको भृकुटीमण्डपमा आज (विहिबार)देखि २५ औं अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सुरू भएको छ । “स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ आज (चैत १) देखि ४ गतेसम्म उक्त मेला आयोजना गरिने भएको हो ।

उक्त एक्स्पोमा व्यवसायीक स्टल ५० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने आयोजकले जनाएको छ ।

मेलामा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायत अन्य प्रदर्शनी तथा विक्री कक्षा रहेको छन् ।

एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने र करिब एक करोडको व्यावसायिक कारोबार हुने आयोजक पक्षको अपेक्षा छ ।

त्यस्तै मेला प्रवेश शुल्क विद्यार्थीको लागि १ सय रुपैँया रहेको छ भने अन्य सर्वसाधारणको लागि १ सय ५० रूपैयाँ रहेको आयाेजकले जनाएकाे छ ।