सिद्धार्थ प्रिमियरको पब्लिक निर्देशकमा सुमित केडिया


काठमाडौं । डेरी उद्यमी सुमित केडिया सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा नियुक्त भएका छन् ।

काठमाडौँमा सम्पन्न भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभाबाट केडिया पब्लिक डिरेक्टर नियुक्त भएका हुन्।

केडिया लामो समयदेखि इन्स्योरेन्स आवद्ध छन् भने केडिया समूह अन्तर्गतको सीताराम मिल्कका प्रमुख हुन्।

केडियाको संलग्नताले सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।