शुक्रबार सुनको मूल्य घट्यो


काठमाडौँ। शुक्रबार सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य १ लाख २४ हजार ८०० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ५१५ रुपैयाँमा किनबेच भएको छ ।