सोमबार घट्यो सुनचाँदीको मूल्य


काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख २४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख २३ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ५२० रुपैयाँ कायम भएको छ ।