राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त


काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा ४ जनालाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरेको हो ।

बैठकले नेपाल प्रशासन सेवा सामुहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुणामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले जानकारी दिइन् ।

सरकार परिवर्तनसँगै आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

आयोग सदस्यहरू डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा.आरपी विच्छा र डा. जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा नयाँ सदस्य नियुक्त भएका हुन् ।

Skip This