पावर ट्रिलर र मिनी ट्रिलटर मर्मत तथा संचालन सम्बन्धि निशुल्क तालिम हुँदै, चैत २० भित्र आवेदन दिनुपर्ने


काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले पावर ट्रिलर र मिनी ट्रिलटर मर्मत तथा संचालन सम्बन्धि निशुल्क तालिम सञ्चालन गर्ने भएको छ । कृषि विभाग अन्तर्गत कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा तालिम संचालन हुने भएको हो।

तालिममा सहभागी हुनका लागि यही चैत २० भित्र आवेदन दिनुपर्ने नामियाले जनाएको छ। छानिएका सहभागीलाई आउँदो वैशाख ४ गतेदेखि दुई हप्ते तालिममा सहभागी गराइने भएको छ ।

आवासिय तालिम काठमाडौँ किर्तिपुरस्थित समशितोष्ण बागवानी केन्द्रमा तालिम हुनेछ । तालिमका लागि चैत ५ गते सार्वजनिक सूचना प्रकाशन गरी १५ दिन भित्र आवेदन दिन आव्हान गरिएको हो ।

तालिममा सहभागी हुन १८ देखि ४५ वर्ष उमेर भएका र न्युनतम ८ कक्षा पास भएको हुनु पर्ने नामियाले जनाएको छ । विदेशमा काम गरेर फर्केका र महिलालाई विशेष प्राथमिकता दिइने नामियाका अध्यक्ष कृष्ण शर्माले बताए।

नामियाको आधिकारिक इमेल र फोन नम्बरमा सम्पर्क गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ । तालिममा हाललाई तालिम निशुल्क हुने जनाइएको छ।

छनोटमा परेका सहभागीले नागरिकता, स्थानीय तहको सिफारिस, शैक्षिक योग्याता र मेशिनरी मर्मतको क्षेत्रमा काम गरेको अनुभव तथा विदेशमा काम गरेर फर्केको निवेदन भए सोको पनि प्रमाण पेस गर्नुपर्ने प्रावधान राखिएको छ।

सहभागी हुन सम्पर्कः
इमेलः [email protected]
फोनः 9856155180, 9851331758