कृषि पत्रकार चौधरी र भण्डारी सम्मानित


काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपालले कृषि क्षेत्रका क्रियाशिल कृषि पत्रकारलाई सम्मान गरेको छ ।

पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० को उद्घाटन समारोहमा रातोपाटीकर्मी सरिता चौधरी र कृषि अनलाइनलानका पत्रकार वैकुण्ठ भण्डारीलाई सम्मान गरिएको हो ।

पत्रकार दुवैलाई दोसल्ला, नगद तथा प्रमाणपत्र दिएर संघले सम्मान गरेको हो । संस्थाले व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्प्रर्धा गराई व्यवसायीहरूको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत समेत गरेको थियाे ।

एक्स्पोको अवसरमा लामो समयदेखि निरन्तर नर्सरी व्यवसाय गरि यस क्षेत्रको विकासमा टेवा पुर्याएका पूराना व्यवसायीहरू मध्यबाट एक जनालाई ‘दिर्घकालीन क्रियाशिल नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गरेको छ ।

साथै नर्सरीसँग सम्बन्धित वस्तु स्वदेशमै उत्पादन गरि आत्मनिर्भर बनाउन व्यवसायीहरूलाई उत्प्रेरणा जगाउने उद्देश्यको लागि नर्सरी व्यवसायी मध्यबाट १ जनालाई ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मानसमेत गरेको संघले जनाएको छ ।