सहकारीहरूले उद्देश्य विपरित काम गर्दा वर्तमान समस्या आयो: मन्त्री


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीहरूले उद्देश्य विपरित काम गरेकाले वर्तमान समस्या आएको बताएका छन् ।

सोमबार ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सहकारीहरूले विपरित काम गरेकाले समस्या आएकाे बताउँदै उद्देश्य र मर्म अनुसार काम गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने पनि बताएका छन् . उनले भने, “२०७७ सालमा नै एउटै व्यक्ति एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा बस्न नपाउने भनिएको भए पनि अहिले चारवटा भन्दा बढीमा रहेका छन् । यसलाई नियन्त्रण गर्ने नीति ल्याइन्छ ।”

मन्त्री अधिकारीले गलतलाई गलत र सहीलाई सही भन्ने प्रवृत्ति सरकाले मात्रै नभइ सहकारी अभियान्ताले पनि पालना गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

उनले सहकारी भित्र देखिएका अहिलेका समस्या समाधान गर्नका लागि अहिलेसम्म भएका त्रुटीबारे खोजि गर्न जरुरी रहेको जानकारी दिए । उनले सहकारीसँग सरकार, सहकारी र सर्वसाधरण जोडिएकाले समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताए ।

मन्त्री अिधक सहकारीहरुले सबैभन्दा पहिला सहकारीको उद्देश्य पूरा गर्न लाग्नुको विकल्प नभएको औंल्याए । उनले राष्ट्रिय सहकारी अन्तर्गत भएका सबै निकायहरुमा कमजोरी गर्नेलाई कारबाही गर्ने बताए ।