अण्डाको समर्थन मूल्य तोकियो, ठूलोको प्रतिक्रेट ३९० रूपैयाँ


काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम अण्डा प्रति क्रेटको मूल्य ३७५ रुपैयाँ तोकिएको छ । ठूलाे अण्डाप्रति क्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डाप्रति क्रेट ४०५ रुपैयाँ कायम गरिएको छ ।

काठमाडौँ, इटहरी र धनगढीमा गत चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो। नयाँ समर्थन मूल्य भोलि (चैत २२ गते) बाट लागू हुनेछ।