आरजु राइस मिलद्धारा एक्स्ट्रा लङ्ग्रेन बास्नादार चामलकाे बिक्री सुरू


काठमाडौँ । आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङ्ग्रेन बास्नादार चामल बिक्री वितरण सुरू गरेको छ ।

एभरेस्ट एरोम्याटिक सुपर लङ्ग्रेन नाम दिइएको चामल मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा चामलको औपचारिक बिक्री सुरूवात घोषणा गरेका हुन् । एभरेष्ट चामलको शुभारम्भ गर्दै बस्नेतले नेपाली किसानको मात्र धान किनेर उपभोक्ता माझ पु¥याएको बताए । यो चामलको मूल्य विदेशबाट आयातित चामलको दाँजोमा निकै सस्तो हुने प्रतिवद्धता पनि व्यक्त गरे ।

आयातितको तुलनामा यस चामलको लम्बाई १७.४६ मिलिमिटर लम्बाई रहेको छ । आरजु राईस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका ४ हजार भन्दा बढी बिगाहा जग्गामा हजार्रौं किसानसँग सहकार्य गर्दै आएको अध्यक्ष बस्नेतले बताए ।

मिलले धान रोपाई अगाडि नै स्थानीय किसानका लागि चलन चल्तीको न्युनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको अध्यक्ष बस्नेतले बताए । आरजु राईस मिलले किसानको धानलाई मिलमा आईपुगेको २ दिनभित्रै अनलाईन बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको पनि जानकारी दिए ।