मोबाइल बैंकिङ ग्राहकको संख्या २ करोड ३७ लाख ८३ हजार


काठमाडौँ । मोबाइल बैंकिङ ग्राहकको संख्या २ करोड ३७ लाखभन्दा बढि रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० फागुनसम्म मोबाइल बैंकिङ ग्राहकको संख्या २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको हो ।

२०८० असारमा यो संख्या २ करोड १३ लाख ६३ हजार ९८९ रहेको थियो । पछिल्लो ८ महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २४ लाख १९ हजार ४०० ले बढेको हो ।

मोबाइल बैंकिङबाट कारोबार बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० फागुनसम्म २ खर्ब ९१ अर्ब ९५ करोड ४० लाख रुपैयाँ बराबर मोबाइल बैंकिङबाट कारोबार भएको हो ।