कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान कांग्रेसले राख्दै आएकाे छ ।

सभामुख घिमिरेले पटक पटक सदन सुचारु गर्ने वातावरण बनाउन गरेको आग्रह अस्वीकार गरेपछि बैठक स्थगित गरेका हुन् । उनले आजै पुन बैठक बस्ने पनि जानकारी गराएका छन्।