आर्थिक वृद्धि र उत्पादनको नेतृत्व निजी क्षेत्रले लिनुपर्छ: पूर्व अर्थमन्त्री महत


काठमाडौँ । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि र उत्पादनको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकाे वार्षिक साधारण सभा एंव उद्योग वाणिज्य दिवस २०८० को उद्धघाटन समारोहमा बोल्दै महतले निजी क्षेत्रले नै आर्थिक वृद्धि र विकास गर्ने भएकोले सरकारले त्यसमा सहजीकरण गर्न आवश्यक रहेको बताएका हुन् ।

महतले आउँदै गरेको लगानी सम्मेलनमा लगानीकर्ता आउने तयारीमा रहेको तर सरकारकाे नीतिका कारणा उनीहरू निराश भएको टिप्पणी समेत गरेका छन् । उनले भने, “लगानी सम्मेलनमा भाग लिन मात्र होइन, लगानी गर्न आउने लगानीकर्ता आउँदै थिए । तर अहिले निराश भएका छन् । विश्वास दिलाउने काम सरकारको हो ।”

उनले आफू अर्थमन्त्री भएको बेलामा देशको अर्थतन्त्र सुधारको प्रयास सुरू गरेको दाबी गरे ।