नेपाल डेरी एसोसिएसनको क्यालेन्डर बिमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले नयाँ वर्ष २०८१ सालको क्यालेण्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल डेरी एसोसिएसनले हिजो (मंगलबार) एक कार्यक्रम गर्दै क्यालेण्डर विमोचन एवं शुभकामना आदान प्रदान गरेकाे हाे ।

कार्यक्रममा बाेल्दै केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले उत्पादक किसानले उद्योगीबाट दुधको पैसा नपाएकोमा गुनासो गर्दै आएकाे र अगामी नयाँ वर्षबाट क्रमशः सुधारिँदै बक्यौता चुक्ता गर्न अनुरोध गरे ।

दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरीले नयाँ वर्ष २०८१ सालको शुभकामना दिँदै दुग्ध क्षेत्रको हालको समस्या पूरानै सालमा समाप्त भई नयाँ वर्षमा नयाँ रणानीति सहित अघि बढ्न सबैलाई अनुरोध गरे ।

बागमती प्रदेशका सांसद जयराम थापाले नयाँ वर्षको शुभकामना दिँदै दुग्ध क्षेत्रको समस्यामा आफू पनि गम्भिर रहेको र यसका समाधानको लागि सबै एक भई लाग्न आफ्नो साथ रहेको बताए ।

अध्यक्ष प्रल्हाद दाहालले आगामी दिनमा नयाँ जोश जाँगरका साथ दुग्ध क्षेत्रले इतिहास रच्न सबैको साथ सहयोगको अपेक्षा रहेको र नेपाल डेरी एसोसिएसन सदैव यस्ता कुरामा अघि बढ्दै जाने कुरा बताउँदै नयाँ वर्षदेखि एसोसिएसनले सहयता सुचना केन्द्र स्थापना गरि डेरी क्षेत्रमा भएका समस्याको समाधानका लागि अग्रसरता देखाउने बताए ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक, डा.बालक चौधरी, अतिथिमा बोर्डका प्रशासन प्रमुख बिदुर राई,पशुसेवा विभागका सिताराम वली, केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा , नेपाल उद्योग वाणिज्य महासंघका कार्य समिति सदस्य पशुपति पाण्डे, नेपाल डेरी एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ, सल्लाहकार एवं पुर्व अध्यक्ष सुमित केडिया सहित दुग्ध व्यवसायीहरूको सहभागीता रहेको थियो ।