घट्यो सुनको मूल्य


काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार २ हजार २०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । आजका चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँ तोकिएको छ ।