सुनको मूल्य स्थिर, चाँदी घट्यो


काठमाडौँ । आज बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलाका १७०० रुपैयाँ बढेर एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज स्थिर रहि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३८ हजार ५५० रुपैयाँ रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य भने घटेको छ । आज बुधबार चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १७१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १७५० रुपैयाँमा कारोबार भएको थियो ।