नौ महिनामा ७ हजार बढी विद्युतीय गाडी आयात, साढे ७ अर्ब राजस्व संकलन


काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयात बढेको छ । चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा ७ हजार ९३ विद्युतीय विद्युतीय कार, जिप र भ्यान आयात भएको छ ।

भन्सार विभागले आज (आइतबार) सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा मात्रै ६५८ युनिट विद्युतीय गाडी आयात भएका छन्।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार रुपैयाँ विद्युतीय गाडी आयात भएका छन्। जसबाट ७ अर्ब ७८ करोड २१ लाख ४० हजार रुपैयाँ भन्सार शुल्क संकलन भएको छ।

पछिल्लो समय व्यवसायी र सरकारले नै विद्युतीय गाडी आयातलाई प्राथमिकता दिँदै आएको छ। विद्युतीय सवारी साधन सञ्चालनलाई प्रोत्साहन गर्ने नीतिहरूका कारण आयात बढेको भन्ने बुझिन्छ।

नेपालमा सबैभन्दा धेरै गाडी चीन, भारत, अमेरिका, इन्डोनेसिया, ,जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ ।