कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफामा ६६.१८ प्रतिशतले उछाल


काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा उछाल आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार बैंकको खुद नाफा ६६.१८ प्रतिशतले बढेर २ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा बैंकले १ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा खुद नाफामा उछाल आएको बैंकको खुद व्याज आम्दानी भने १८.४६ प्रतिशतले घटेर ८ करोड ३१ लाख रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्ष समिक्षा अवधिमा १० करोड १९ लाखरुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन आम्दानी भने ११.४६ प्रतिशतले वृद्धि हुँदै ११ करोड ५ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब बर्जा अनुपात ३.२६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।

यस्तै बैंकको रिटेन्ड अर्निङ २ करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको अकार भने ६ करोड ८७ लाखबाट घटेर ५ करोड ३५ लाख रुपैयाँमा सीमित बनेको छ ।

चैत मसान्तसम्ममा बैंकले ४ अर्ब ६८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने ३ अर्ब ४० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा २ करोड ५१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि २.२८ रुपैयाँले बढेर ५.७३ रुपैयाँ पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने १०५।७५ रुपैयाँ रहेको छ ।