बालाजु ‘बाइसधारा मेला’ (फोटो फिचर)


काठमाडौं। ऐतिहासिक महत्व बोकेको काठमाडौंको बाइस धारामा आज मेला लागेको छ। बिहानैदेखि भक्तालुको घुइँचो लागेको छ।

चैत्र शुक्ल पूर्णिमाका दिन यहाँ हरेक वर्ष मेला लाग्ने गरेको छ। । बाइस धारामा स्नान गरे मुक्तिनाथ र गोसाईगुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास छ। स्नानका लागि बालबालिकादेखि वृद्धवृद्धाहरू यहाँ पुगेका छन्।