जीवन बिमा कम्पनीहरूको कुल व्यवसाय १ खर्ब १० अर्बमाथि, कुनले कति गरे ?


काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्म जीवन बिमा कम्पनीहरूले १ खर्ब बढीको व्यापार गर्न सफल भएका छन् । चैत मसान्तसम्म संचालनमा रहेका १४ वटा जीवन बिमकले कुल १ खर्ब १० अर्ब ८ करोड रुपैयाँको व्यापार गरेका हुन् ।

सो अवधिसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले बिमाशुल्क संकलन गरेको छ। यो कम्पनीले २९ अर्ब ४५ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। नेसनल लाइफले १२ अर्ब ८९ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनले १२ अर्ब ८३ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै हिमालयन लाइफले १२ अर्ब ३३ करोड रुपैयाँ कुल बिमा शूल्क आर्जन गरेको छ। सूर्यज्योति लाइफले ६ अर्ब ५२ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गर्दा एशियन लाइफले ५ अर्ब ७८ करोड रुपैयाँ कुल बिमा शूल्क आर्जन गरेको छ भने राष्ट्रिय जीवन बिमा कम्पनीले ५ अर्ब ४६ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

यस्तै सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ भने सिटिजन लाइफले ४ अर्ब २४ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

यसैगरि मेट लाइफले ४ अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब २९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेकाे तंथ्याकले देखाएकाे छ ।