आजदेखि नेपाल लगानी सम्मेलन २०२४


काठमाडौँ । आज दुई दिने नेपाल लगानी सम्मेलन २०२४ हुँदैछ । काठमाडौँस्थित सोल्टी होटेलमा बिहान ९ः३० बजे सम्मेलनको उद्घाटन हुने कार्यक्रम छ ।

कार्यक्रमको मुख्य आयोजक नेपाल सरकार रहेको छ भने सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स रहेका छन् ।

सम्मेलनमा एक हजार ६ सय बढीको सहभागी रहने नेपाल लगानी बोर्डले जनाएको छ । सम्मेलनमा दर्जन बढी प्रस्तुती हुनेछन् भने विभिन्न देशका ५० बढी वक्ता रहने कार्यक्रम रहेको छ ।

आइतवार पहिलो दिन साढ ११ बजेसम्म उद्घाटन सत्र रहने छ भने प्लानल छलफल, प्रोजेक्ट डेमोस्ट्रेसन, प्रोजेक्ट सोकेस लगायतका कार्यक्रम छन्। सोमबार पनि प्रोजेक्ट मार्केटिङ लगायतका कार्यक्रमका निरन्तरता हुनेछन् भने साइड इभेन्टहरु हुने कार्यक्रम तालिका छ ।

कार्यक्रममा सहभागी हुन रजिष्ट्रर गरेपछि प्राप्त क्युआर कोड लिएर मात्र जान बोर्डको सचिवालयले अनुरोध गरेको छ सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ। सम्मेलनमा विश्वका ५५ भन्दा धेरै देशबाट १६ सय लगानीकर्ता सहभागी हुने लगानी बोर्डको सचिवालयले जनाएको छ।

बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको लागि निमन्त्रणा पठाएको थियो । लगानी सम्मेलनमा प्रस्तुत गर्नका लागि १४८ वटा परियोजना छनौट गरेको छ ।

सरकारले स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित ९ ऐनमा संशोधन गर्दै अध्यादेश जारी गरेको छ । यो तेस्रो लगानी सम्मेलन हो । यसअघि सरकारले २०७३ र २०७५ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो ।