नेपाल लगानीको लागि उपयुक्त छ : राजेश अग्रवाल


काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष राजेश अग्रवालले नेपाल लगानीको लागी महत्वपूर्ण गन्तव्य रहेको बताए ।

आइतबार (आज)देखि सुरु भएको लगानी सम्मेलन २०२४ को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष अग्रवालले ठुलो उत्साहका साथ नेपालले विभिन्न क्षेत्रमा प्रदान गर्ने विविध अवसरहरुको अन्वेषण गर्न सबैलाई अनुरोध गरे ।

अध्यक्ष अग्रवालले दिगो पर्यटन अभ्यासहरुमा रणनीतिक फोकसको साथ पर्यावरणीय मैत्री आवास, साहासिक पर्यटन सेवा र पूर्वाधार विकासमा नेपाल लगानीको लागि उपयुक्त ठाउँ रहेको बताए ।

आइटी क्षेत्रमा नेपालले दक्षिण एसियामै उदीयमान आइटी हबको रुपमा स्थापित गर्दै फड्को मारिसकेको बताए । नेपालको आइटी सेवाहरुको निर्यातले असाधारण वृद्धिको अनुभव गरेको बताए ।

प्रचुर मात्रामा जलस्रोत हुनाले नेपालले स्वच्छ उर्जा उत्पादन गर्न अथाह सम्भावना बोकेको हुनाले जलविद्युत् क्षेत्रमा लगानीको लागि उत्कृष्ट रहेको उल्लेख गरे ।

उनले भने देश धेरै नदी र जलस्रोतसँग सम्पन्न छ जलविद्युत् परियोजनाहरुको लागि एक आर्दश स्थान बनाउन सक्दछ ।

त्यस्तै शिक्षा, स्वास्थ्य सेवा, चिया, घरजग्गा र कपडा लगायत विविध क्षेत्रमा लगानीको लागि उपयुक्त सम्भावना रहेको बताउँदै अध्यक्ष अग्रवालले भने ‘नेपाललाई शैक्षिक हबको रुपमा स्थापित गर्ने अनुपम अवसर छ, विश्वस्तरीय शैक्षिक संस्थाहरु, अनुसन्धान सुविधाहरु र व्यवस्थायिक प्रशिक्षण केन्दहरुमा लगानीले स्व्देशी र अन्तराष्ट्रिय विद्यार्थीलाई आर्कषित गर्न सक्दछ ।’