महासंघ र मलेसिया चेम्बरबिच सम्झौता


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसियाले व्यापार र लगानी प्रवर्द्धनका लागि द्धिपक्षीय सम्झौता गरेका छन् ।

आइतबारदेखि काठमाडौँमा सुरु भएको लगानी सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसिया चेम्बरका अध्यक्ष टान सी दातो सो थियान लाइले एमओयुमा हस्ताक्षर गरेका छन्।