भारत, चीन र बंगलादेश भ्रमणमा जाने एनसेल ग्राहकले सुलभ रोमिङ डेटा पाउने


काठमाडौँ । विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बंगलादेश जाने ग्राहकलाई लक्षित गरी एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ ।

प्याकले ग्राहकलाई यी गन्तव्यहरूको भ्रमणमा जाँदा सुलभ दरमा सहजै सधैं अन बसेरमा सम्पर्कमा रही रहन मद्दत गर्ने विश्वास कम्पनीको छ ।

प्याक सुरू गर्ने वित्तिकै ग्राहकले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै ५०० एमबी बोनस डेटा प्राप्त गर्दछन् । ग्राहकले यो प्याक करसहित मात्र १०० रुपैयाँमा सुरु गरी ३ दिनका लागि बोनस डेटा र रोमिङ सेवाको फाइदा लिन सक्छन् । नयाँ वर्ष २०८१ को अवसरमा सञ्चालनमा ल्याइएको यो प्याक ग्राहकले एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गरी लिन सक्छन् ।

त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल माध्यममार्फत पनि सुरु गर्न सकिन्छ । भ्रमणमा जाने ग्राहकले आफ्नो सञ्चार आवश्यकता अनुसार जति पटक पनि यो प्याक किन्न सक्छन् ।

यो प्याकले हाम्रा सीमावर्ती सहरबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने विश्वास कम्पनीको छ ।

त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकलाई पनि विशेष महत्व राख्दछ । त्यसैगरी व्यापार व्यवसाय, अध्ययन लगायत विभिन्न प्रयोजनका लागि चीन र बंगलादेश जाने ग्राहकलाई पनि यो प्याक महत्वपूर्ण हुन्छ ।

कम्पनीका अनुसार यो प्याक लिने वित्तिकै विनाझन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ । भारतको हकमा ग्राहकले इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । यसको मतलब ग्राहकले करसहित मात्र १६.४८ रुपैयाँ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित ६.३४ रुपैयाँमा एसएमएस पठाउन सक्ने कम्पनीले जनाएकाे छ ।

चीन र बंगलादेशको हकमा भने ग्राहकले बोनस रोमिङ डेटा प्रयोग सम्पर्कमा रहन सक्छन् र विद्यमान दर र शुल्कमा अन्य सेवाहरू प्रयोग गर्न सक्छन् । एकपटक सुरू गरेपछि प्याक ३ दिनसम्म मान्य रहन्छ र ग्राहकहरूले आफ्नो बसाइ र सेवा आवश्यकताहरूको आधारमा यो प्याक जाति पटक पनि लिन सक्ने कम्पनीकाे दाबी छ ।

यो प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरु पाइन्छ र जुन छिमेकी देश भ्रमणमा गएको हो सोही देशको सिम लिइरहनु पर्दैन ।